भारतीय प्रधानमन्त्री मोदी शैली पछ्याउँदै प्रधानमन्त्री ओली

अन्ध राष्ट्रवाद र धार्मिक अभियानलाई राजनीतिको सहारा बनाउने बाटोमा प्रधानमन्त्री केपी ओली लागेका छन्

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, ०९ : २२
भारतीय प्रधानमन्त्री मोदी शैली पछ्याउँदै प्रधानमन्त्री ओली

file photo

काठमाडौं । २०७५ वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आए । जनकपुर–अयोध्या बस सेवा सञ्चालन गर्दै रामायण सर्किट्को उदघाटनका लागि जनकपुर आएका उनले त्यहाँ रामजानकी मन्दिरको पनि विशेष पूजा गरे । प्रधानमन्त्री केपी ओलीले उनलाई जनकपुर नै पुगेर स्वागत गरे । स्वागत मात्र गरेनन्, ओलीका लागि भारतीय पक्षले नै नाम जाँच गरेको र मोदीकै लवजको एकै शैलीको पहिरनमा ओली र मोदी जनकपुरमा देखिए ।

एकले अर्काेलाई प्रसंसा गर्दै आलोपालो सम्बोधन पनि जनकपुरमै बसेर ओली र मोदीले गरे । तर बीचमा भारतीय पक्षले नेपालको भूमि कालापानी क्षेत्रमा एकतर्फी सडक बाटो खन्ने र लगत्तै उसले नेपालका लिम्पियाधुरा सम्मको भूगोललाई पनि समेटेर उसले नँया राजनीतिक नक्सा सार्वजनिक गरेपछि दुई देश बीच सम्बन्ध चिसियो ।  नेपालले पनि त्यसको प्रतिउत्तरमा भारतीय नक्सा अस्वीकार मात्र गरेनन्, त्यसमा असहमति जनाउँदै कुटनीतिक नोट पठायो । सिमा समस्या वार्ता र सम्वादमार्फत समाधान गर्न अनुनय गरिरह्यो । तर पनि भारतले त्यसलाई सुन्न चाहेन ।

त्यसपछि प्रति उत्तर स्वरुप नेपालले पनि नेपाल भित्रका राजनीतिक दलहरुको राष्ट्रिय सहमतिका साथ नयाँ नक्सा जारी गर्यो । संसदले त्यसलाई सर्वसम्मत रुपमा पारित पनि गर्यो र अहिले संविधानमै लिपिबद्द गरेको छ । यी पछिल्ला परिघटनाले ओली र मोदीको सम्बन्ध बिग्रिएको र चिसिएको अनुमान नेपालका राजनीतिक क्षेत्रमा गरिदो छ । ओलीले पनि आफुलाई राष्ट्रवादी भएको प्रचार गरिरहेका छन् । तर यसको अन्तर््य बुझ्ने हो भने अनुमान भन्दा विपरितका गतिविधि भित्री रुपमा ओली र मोदीका बीचमा हुदैछन् । मोदी शैली ओलीले अनुशरण गर्न खोजिरहेका छन् ।

मोदी सत्तामा आउन उनले राष्ट्रवाद र हिन्दु धार्मिक नारालाई जोड दिएर अगाडी बढिरहेका छन् । मोदीको अन्ध राष्ट्रवादको जामा र धार्मिक नाराले त्यहाँ मोदीलाई राजनीतिक उचाई मात्र दिएको छैन्, दोश्रो कार्यकालका लागि प्रधानमन्त्री समेत बन्ने अवसर मिलेको छ । त्यही शैली अहिले नेपालका प्रधानमन्त्री ओलीले पछ्याउन थालेका छन् । त्यसैको एउटा कडी हो, हिजो बिहान मात्रै प्रधानमन्त्री केपी ओलीले पशुपति मन्दिरमा पुगेर इश्वरका नाममा गरेको सवा लाख दीप प्रज्वलन र विश्व शान्ति र राष्ट्र कल्याणका नाममा गरेको संकल्प पूजा । 

प्रधानमन्त्री हुदा इश्वरको नाममा सपथ समेत नलिएका ओलीमा अहिले इश्वरकै नाममा सवा लाख दीप प्रज्ज्वलन गर्न किन मन लाग्यो ? यसभित्र उनको मोदी शैली पछ्याउने रहर जागेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । मोदी कट्टर हिन्दुवादी भई अहिले जसरी प्रस्तुत हुन खोजिरहेका छन भारतमा, त्यस्तै गरी ओलीले पनि यहाँँ आफुलाई हिन्दु धर्मप्रतिको मोह देखाएर राजनीति गर्न चाहिरहेका छन् ।

धर्म निरपेक्ष मुलुक नेपालमा हिन्दु राज्य कायम गर्नुपर्ने माग जर्वजस्त भारतीयहरु समेतको दबाबमा उठाउन खोजिएको छ । त्यहीमा ओली पनि मिसिन पुगेका छन् । हुँदाखाँदाको झण्डै दुई तिहाई जनमत सहितको कम्युनिष्ट सरकारको नेतृत्व अवसर पाएका ओलीले जनमत विपरित पार्टी अभ्यासलाई समेत तोड्दै तानाशाही शैलीमा आफै राज्य जस्तो गरी सरकार र पार्टी सञ्चालन गर्न खोजे ।

पार्टीभित्र ओलीको त्यो निरंकुश शैलीको विरोध भयो । उनले पार्टी विरोध सामना गर्नुको साटो १० वर्ष लगाएर अरबौं लगानी गरेर बनाएको संविधानलाई क्षणभरमै घाइते बनाईदिए । त्यसपछि उनको सत्ता मात्र होइन, उनको राजनीतिक जीवन नै दाउपेचमा लाग्यो । उनी कमजोर बन्न पुगे । उनको पार्टी नेकपा विभाजित हुन पुग्यो ।

त्यसपछि भने उनले नक्कली राष्ट्रवाद (अन्ध राष्टवाद) र धार्मिक आवरणमा राजनीति गर्ने रहर जागेको छ । मोदी शैलीमा नै उनले अहिले आफुलाई अगाडी बढाउन चाहेका छन् । कमजोर भएपछि उनले धार्मिक साथ र अन्ध राष्ट्रवादको भूल भूलैयामा जनतालाई पारेर फेरि राजनीतिमा उदाउने कोसिस जारी राखेका छन् । त्यसैका प्रमाण उनको पशुपतिको संकल्प पूजालाई लिनुपर्ने कतिपयले बताउन थालेका छन् । 
 

प्रतिक्रिया दिनुहोस