काठमाडौँ । प्रदेश–२ मा यही माघ १४ गतेदेखि कोरोना विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य निर्देशक विजय झाका अनुसार प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट सो अभियान शुभारम्भ गरिनेछ ।
सङ्घीय सरकारबाट प्रदेश–२ मा खोप अभियान सञ्चालनका लागि २३ हजार भाइल प्राप्त भएको जनाइएको छ । माघ १४ गते मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जको नारायणी अस्पताल, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रादेशिक अस्पताल जनकपुरधाम, सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा खोप अभियानको शुभारम्भ गर्नुहुने बताइएको छ ।
खोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ माघ २०७७, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप