काठमाडौँ । प्रदेश–२ मा यही माघ १४ गतेदेखि कोरोना विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य निर्देशक विजय झाका अनुसार प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट सो अभियान शुभारम्भ गरिनेछ ।
सङ्घीय सरकारबाट प्रदेश–२ मा खोप अभियान सञ्चालनका लागि २३ हजार भाइल प्राप्त भएको जनाइएको छ । माघ १४ गते मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जको नारायणी अस्पताल, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रादेशिक अस्पताल जनकपुरधाम, सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा खोप अभियानको शुभारम्भ गर्नुहुने बताइएको छ ।
खोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ माघ २०७७, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप