काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप यहाँ आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिनपहिले कोरोना भाइरसको १० लाख मात्रा खोप उपलब्ध गराएको थियो ।
भारत सरकारले उपलब्ध गराएको खोप सरकारले जिल्लाजिल्लामा पठाउन शुरु गरेको छ । सरकारले जिल्लाका लागि पठाएको १७१ भायल एक हजार ७१० मात्रा कोरोना भाइरसविरुद्धको खोप आज प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभयो ।
सरकारले जिल्लाका लागि पठाएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।
बलेवा : गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लामा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ पठाएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार बागलुङ, कास्की स्याङ्जा, पर्वत, म्याग्दीलगायत जिल्लामा आज नै खोप पुगेको छ । प्रजिअलाई बुझाइएको खोप स्वास्थ्य कार्यालयले सुरक्षित गरेका छन् ।
प्रदेश सरकारले बागलुङका लागि पठाएको एक हजार ९९६ मात्रा कोरोना भाइरसविरुद्धको खोप आज सहायक प्रजिअ उपेन्द्रराज पौडेलले स्वास्थ्य कार्यालय बागलुङलाई हस्तान्तरण गर्नुभयोे । प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले खोप सुरक्षितरुपमा ल्याएको थियो ।
जुम्ला : कर्णाली प्रदेशका लागि कोरोनाविरुद्धको ११ हजार ७८० मात्रा खोप आइपुगेको छ । मागका आधारमा सो मात्रा प्रदेशमा आइपुगेको हो ।
खोप कार्यान्वयनमा सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसम्बद्ध निकायबीचको समन्वयमा खोप पठाइएको हो । अहिले खोप कर्णाली प्रदेशको नेपालगञ्जमा रहेको मेडिकल स्टोरमा राखिएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा निर्देशनालयका चिकित्सक रबिन खड्काका अनुसार प्रदेशका खोप आइपुगेको छ । “मङ्गलबारदेखि कर्णालीका १० जिल्लामा पठाइने तयारी गरिएको छ”, उहाँले भन्नुभयो । जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार जिल्लामा तीन हजार मात्रा खोप मङ्गलबार आइपुग्ने छ । आइपुगेको एक÷दुई दिनमा खोप लगाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ माघ २०७७, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप