केपी ओलीको अध्यक्ष त गयो : नेपाल

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०७७, १२ : २१
केपी ओलीको अध्यक्ष त गयो : नेपाल

file photo

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी ओली समुहलाई धुलो छाप पार्टीको संज्ञा दिएका छन् । दुई नम्बर प्रदेशको अगुवा भेलालाई पेरिसडाँडामा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

सो अवसरमा नेपालले निर्वाचन आयोगले आफूलाई अध्यक्ष बनाउन अस्वीकार गरेकोप्रति प्रतिक्रिया दिदै प्रचण्ड भएपछी यसले आफुलाई फरक नपार्ने बताएका छन् । “निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन । प्रचण्ड हुँदै हुनुहुन्छ ।” उनले भने ।

उनले केपी ओलीको समूहलाई धूलो छाप पार्टीको संज्ञा दिदै भने “केपी ओलीको धुलो छाप पार्टीमा  सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् । ४३४ केन्द्रीय सदस्यमा उनीहरूसँग जम्माजम्मी १०० जना होलान्,”  नेपालले केपी ओलीको अध्यक्ष त गएको बताउँदै भने, “म त आइहाल्छु ।”

प्रतिक्रिया दिनुहोस