क्याबिनेटमा प्रधानमन्त्री ओलीले यसरी ल्याए ठाडो प्रस्ताव...

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०७७, ०९ : १३
क्याबिनेटमा प्रधानमन्त्री ओलीले यसरी ल्याए ठाडो प्रस्ताव...

काठमाडौ । माओवादी जनयद्ध, त्यो आन्दोलनका कमाण्डर र त्यस युद्धका सहभागी प्रति सदैव तुच्छ ब्यवहार प्रर्दशन गर्दै आएका प्रधानमन्त्री केपी ओलीलाई यतिबेला भने तिनै योद्धाहरुको आवश्यकता खट्किएको छ । उनीहरुप्रति अन्तरआत्मादेखिको सम्मानका लागि होइन, खाली त्यो आन्दोलनका सर्वाेच्च नेता तथा नेकपाका अर्काे खेमाका अध्यक्ष प्रचण्डलाई खुइल्याउनका लागि मात्रै अहिले ओलीले त्यस आन्दोलनका योद्धाहरुको विषयमा चासो राख्न थालेका छन् । 

जनआन्दोलन र जनयुद्धका शहीद तथा वेपत्ता परिवार, अंगभंग भएका घाइते योद्धाहरुले आफुहरुको लागि परिचयपत्र, जीविको निर्वाहका लागि उचित ब्यवस्थापन, घाइतेहरुको औषधोउपचारको माग लामो समय देखि उठाउदै आईरहेका थिए । तर ती मागप्रति सदैव अनुदार बन्दै माओवादी युद्धलाई नै अस्वीकार गर्दै आएका ओलीले अहिले भने गोहीको आँसु चुहाउन र प्रचण्डलाई खुइल्याउनकै लागि भएपनि त्यस आन्दोलनका योद्धाहरुका एकाध माग पूरा गरेर राजनीति गर्न खोजेका छन् ।

उनले आफुहरुले जनयुद्ध (जुन ओली अझै स्वीकार गर्दैनन शसस्त्र संर्घष सम्म भनि टोपल्छन) का योद्धाहरुलाई धोका नदिने र उनीहरुको योगदानको सम्मान गर्ने बताउन थालेका छन् । कुनै समय कालिबहादुर खामलाई जेलमा सडाउन आफनो युथ फोर्सका महेश बस्नेत देखि निरु पालसम्मलाई सडकमा उतार्ने ओली अहिले कालिवहादुर खामलाई सम्झन थालेका छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्र बीच शान्तिपूर्ण जनआन्दोलन र माओवादी जनयुद्ध र त्यसको नेतृत्वकर्ता प्रचण्डको योगदानका कारण नेपालमा गणतन्त्र लगायतका परिवर्तन आएको स्वीकार गरेर पार्टी एकता भएको थियो । पार्टीको राजनीतिक प्रतिवेदनमा समेत त्यस कुरालाई लिपिवद्ध गरेको थियो । तर ओलीले त्यसलाई बाहिर देखावटी रुपमा स्वीकार गरेपनि भित्री रुपमा स्वीकार्न सकेका थिएनन् । 

फागनु १ मा जनआन्दोलन र जनयुद्धका शहीदहरुको सम्मानका लागि आयोजना गरेका कार्यक्रममा उनी कहिल्यै यो बीचमा पुगेनन् । त्यक्तिमात्रै होइनन्, माओवादी आन्दोलनमा लागेर सहादत प्राप्त गरेका उपल्लो स्तरका नेताहरुको स्मृति दिवसमा समेत ओलीले कहिल्यै आफुलाई र आफ्नो गुटका नेताहरुलाई सहभागी नगराई आन्दोलनलाई सदैव अस्वीकार गर्दै आईरहे । अहिले उनलाई त्यही आन्दोलनका योद्धाहरुलाई आफ्नो पक्षमा तान्न कसरी प्रयास गर्ने भन्ने गरी गोहीको आँसु चुहाउन खोजिरहेका छन् । 

त्यही क्रममा उनले आफुहरुले जनयुद्ध (जुन ओली अझै स्वीकार गर्दैनन शसस्त्र संर्घष सम्म भनि टोपल्छन) का योद्धाहरुलाई धोका नदिने र उनीहरुको योगदानको सम्मान गर्ने बताउन थालेका छन् । कुनै समय कालिबहादुर खामलाई जेलमा सडाउन आफनो युथ फोर्सका महेश बस्नेत देखि निरु पालसम्मलाई सडकमा उतार्ने ओली अहिले कालिवहादुर खामलाई सम्झन थालेका छन् ।

यो उनले गोहीको आँसु चुहाउने काम मात्र गरेको देखिन्छ । प्रचण्डलाई राजनीतिक रुपमा सिध्याउन नसकेपछि ओलीले अहिले एकाध जता अवसर पाइन्छ, उतै ढल्किदै आईरहेका पात्र र प्रवृतिको खोजी गरेर पूर्व जनमुक्ति सेनाका नाममा समेत राजनीति गरेर प्रचण्ड विरोधी अभियान चलाउन खोजेका छन् । भलै त्यसको लागि केही माग पूरा गर्न अहिले ओली तयार भएका छन्, यो भने सुखद पक्ष नै हो ।

तर यो ओलीको भित्री चाहनाले भन्दा पनि प्रचण्डलाई कसरी प्रहार गर्ने भन्ने गरी आएको बुझन सकिने जनमुक्ति सेनाकै योद्धाहरु बताउँछन् । शनिबार उनले केही समुहका पूर्व जनमुक्ति सेनालाई बालुवाटारमा भेला गराएर आफुतिर रहेको सन्देश दिन उनले अधिकतम प्रयास गरे । त्यसका लागि उनले कहिल्यै जनमुक्ति सेना नबनेका र नरहेका लिलाबहादुर थापा सम्मलाई समेत जनमुक्ति सेनाकै रुपमा प्रचारित गरे ।

आइतबारको क्याबिनेटमा आफ्नै प्रधानमन्त्री कार्यालयको सिधा ठाडो प्रस्तावका रुपमा जनआन्दोलन तथा माओवादी आन्दोलनका योद्धाहरुको सम्मानको मोडालिटी तयार पार्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा खानेपानी तथा सरसफाई मन्त्री मणि थापा र भूमि ब्यवस्था तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे सदस्य रहेको उच्चस्तरीय कार्यदलको प्रस्ताव गरे । 

बढीमा एक साताभित्र कसरी सम्मान गर्ने, जीवन निर्वाहको ब्यवस्थापन कसरी गर्ने, अंगभंग र घाइतेहरुको औषधोउपचारको ब्यवस्था कसरी गर्ने भन्ने सुझाव सहितको मोडालिटी तयार पार्न त्यो समितिलाई जिम्मा दिने निर्णय मन्त्रिपरिषद् बैठकबाट गराएका छन् । यो सवालमा तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले आफु सरकारको नेतृत्वमा रहदा र नरहदा संयुक्त सरकारमा रहदा पनि पटक पटक प्रयास गरे । त्यसबेला भाँजो खडा गर्ने यिनै अहिलेका प्रधानमन्त्री केपी ओली थिए ।

तर अहिले उनले एकमात्र उदेश्यका रुपमा प्रचण्डलाई कसरी राजनीतिबाट सिध्याउने मात्र गोहीको आँसुका रुपमा रोइलो गर्न यो प्रस्ताव क्याविनेटबाट गराएका छन् । उनले अन्तरआत्माबाटै यो निर्णय गराएको हो या देखाउनका लागि र भुलाउनका लागि मात्र गरेको हो भन्ने कुरा भने केही समय पछि नै खुल्ने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस