हरिद्वार । भारतको उत्तराखण्ड राज्यकी एक १९ वर्षीया किशोरी राज्यको मुख्यमन्त्री बनेकी छन् । हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एकदिने मुख्यमन्त्री बनेसँगै उनको चर्चा भारतभर चुलियो । गोस्वामी राष्ट्रिय बालिका दिवसका अवसरमा आइतबार प्रतीकात्मक रूपमा उत्तराखण्डकी मुख्यमन्त्री बनेकी हुन् । प्रतीकात्मक रूपमा नै भए पनि उत्तराखण्डमा पहिलोपटक महिला मुख्यमन्त्री पाएको हो ।
मुख्यमन्त्री बनेसँगै उनले सरकारी नीतिहरू हेरफर गर्न आयोजित औपचारिक बैठकमा सहभागी भइन् । त्यस क्रममा उनले सरकारी निकायका अधिकारीहरूलाई आफ्ना सुझाव दिइन् । त्यसका साथै गोस्वामीले विधानसभाको सत्रमा मुख्यमन्त्रीको हैसियतले सरकारका विभिन्न निकायले गरेका कार्यहरूबारे पनि जानकारी लिइन् । आइतबार मध्याह्न गरिएको कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि उपस्थित थिए ।
मुख्यमन्त्री रावतले ट्वीट गर्दै ‘आफ्नो सरकार सबै छोरीहरूको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको’ जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘विभिन्न क्षेत्रमा क्रियाशील भारतीय छोरीहरूको सफलताको शुभकामना दिएका’ भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
किशोरीहरूको सशक्तीकरण, शिक्षा तथा स्वास्थ्यका लागि केन्द्र सरकारले विभिन्न कदमहरू सुरु गरेको मोदीले ट्वीटमार्फत जनाएका छन् । ‘महिला सशक्तीकरणबारे जागरुकता फैलाउन’ उत्तराखण्ड सरकारले सृष्टिलाई एक दिनका लागि मुख्यमन्त्री बनाएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बताइन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ माघ २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न अपराह्न ४ बजेसम्मको समय
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा