काठमाडौं । बोदेवरसाइन–विष्णुपुर सडकखण्डअन्तर्गत सप्तरीको बोदेवरसाइन नगरपालिका–२ स्थित जोगीयामा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विष्णुपुरबाट बोदेवरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं २–०१–००१प ६४०३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । दुर्घटनापछि गम्भीर घाइते भएका चौधरीको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र मोटरसाइलको पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन् । घाइते दुवैका उपचार युनिक अस्पतालमा भइरहेको छ । उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय बोदेवरसाइनले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० माघ २०७७, १८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु