केपी ओलीलाई पार्टीबाटै निस्कासन गर्ने प्रचण्ड–माधवको तयारी

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, १७ : ४६
केपी ओलीलाई पार्टीबाटै निस्कासन गर्ने प्रचण्ड–माधवको तयारी

काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निस्कासन गर्ने तयारी गरेको छ । प्रचण्ड माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । 

यसअघि पार्टीको अनुशासन र विधि विधानविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएकोेमा उनले उक्त स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निस्कासन गर्न लागिएको प्रचण्ड माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस