थप आठ जना कोरोना संक्रमितको निधन, थपिए २३२, निको ३८६

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, १७ : ४०
थप आठ जना कोरोना संक्रमितको निधन, थपिए २३२, निको ३८६

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको निधन भएको छ । सोही अवधिमा २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै समयमा ३८६ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ । 
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ । 

मन्त्रालयका अनुसार ३ हजार ४५२ जना आइसोलेसनमा छन् । १४७ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस