केपी ओलीले कम्युनिष्टको नाममा धेरै घात गरे : ज्ञवाली

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, १४ : २३
केपी ओलीले कम्युनिष्टको नाममा धेरै घात गरे : ज्ञवाली

file photo

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले केपी ओलीले कम्युनिष्टको नाममा कम्युनिष्टलाई नै  खतम पर्ने काम गरेको आरोप लगाएका छन् ।

आज बिहान बुटवलका आयोजित पत्रकार सम्मेलनमा बोल्दै  ओलीले कम्युनिष्ट पार्टी  अहिलेको व्यवस्थालाई खतम पर्ने गरी कमद चालेको बताए ।नेता ज्ञवालीले केशरजंग रायमाझीसँग तुलना गर्दै केपी ओलीको कदम बढी जनघाती भएको  भएको बताए ।

उनले भर्ने  कुनै दिन केशरजंग रायमाझी पनि कम्युनिष्टको नाम यस्तै काम गरेर सिदएका थिए । ओलि को पनि  सिदिन्छन् । ,उनले भने ‘रायमाझी भन्दा उनी अझ प्रतिगमनकारी र जनताको विश्वाशघाती हुन् । रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्याउन खोजेका छन्।’

उनले पटक पटक आफुहरुले सच्चाउने प्रयास गर्दा पनि नसच्चिएको कारवार्ही गर्नु परेको बताए ।

प्रचण्ड माधव समुहका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका ज्ञवालीले प्रदेश सरकारमा कतै मिलेर ढाल्ने कसै चाहि सरकारमा रहेपनि त्यही भित्रबाट सर्घष गर्ने बताए । उनले भने, ‘पहिलो संषर्घ सडक हो अनि  प्रदेश सरकार भित्र बसेर पनि आन्दोलन हुन्छ । उनले पत्रकारको जिज्ञासामा  ओलीको अहंकारको पराजय हुन जरुरी रहेको  भन्दै पार्टी एक नै भएपनि केपी ओलीको नेतृत्वमा अब एकिकृत पार्टी नहुने  बताए । उनले पार्टीमा  के पि ओलि बाहेकका अन्य सवै विस्तारै आफुहरुसगँ आउने दावी गरे ।

विहिवार काठमाण्डौमा भएको विरोध सभा सुरुवात मात्र भएको भन्दै यो भन्दा अझ ठूला प्रदर्शन गर्ने बताए । मघ १५ गते बुटवलको पुष्पलालपार्कमा हुने विरोध सभाबारे  तयारी तिव्र रुपमा भएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले  बताए । उनले  बुटवलको राजमार्ग चौराह गोलपार्क, तिनाउपारीबाट जुलुस आएर पुष्पलालपार्कका विरोधसभा हुने जानकारी दिए। विरोधसभामा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस