१५ हजारले लिए पुस महिनामा श्रम स्वीकृति

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, १० : २३
१५ हजारले लिए पुस महिनामा श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारीमा जान झन्डै १५ हजार श्रमिकले पुस महिनामा श्रम स्वीकृति लिएका छन् । पुस महिनामा १३ हजार ३९७ पुरुष र एक हजार ३५६ महिला  गरी  १४  हजार  ७५३  जनाले विभिन्न ५७  देशमा  जान  श्रम  स्वीकृति लिएको   वैदेशिक   रोजगार   विभागले जनाएको छ।

सबैभन्दा बढी संयुक्त अरब इमिरेटस् (यूएई) मा  चार  हजार  ७७२  जनाले  श्रम स्वीकृति  लिएका  छन् । यस्तै  कतारका लागि तीन हजार ८८२ र साउदीका लागि तीन  हजार  ७६३  जनाले  श्रम  स्वीकृति लिएका छन्। कोरोना सुरु भएयता हालसम्म ४२ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस