काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।
नेकपाको शक्ति प्रदर्शनपछि प्रचण्ड लैनचौर पुगेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । त्यहाँ पुन, प्रचण्ड र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एकै पार्टीमा रहेका प्रचण्ड र भट्टराईबीच ओलीलाई हटाउने विषयमा मत मिलेको छ ।
तर फरक फरक पार्टीबाट आन्दोलन गर्दा ओलीविरुद्ध शक्ति विकेन्द्रित भइरहेको उनीहरुले बताउँदै आएका छन् । भट्टराईले राति नै ट्वीटरमार्फत संयुक्त आन्दोलनका लागि आफूले पहल लिएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० माघ २०७७, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग