एम्बापेको २ गोलसंगै पीएसजी लिगवानको शिर्ष स्थानमा

एजेन्सी

शनिबार, १० माघ २०७७, ०८ : ४८
एम्बापेको २ गोलसंगै पीएसजी लिगवानको शिर्ष स्थानमा

पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानको शीर्ष स्थानमा शुक्रबार तीन अंकको अग्रता बनाएको छ । गोल अन्तरमा पनि बलियो हुने क्रममा उसले १० खेलाडीमा सीमित मोन्टपेलियरलाई ४–० ले हरायो ।

त्यसमा केयलिन एम्बापेले दुई गोल गरे भने नेयमार र मउरो इकार्डीले एक-एक गोल गरे । खेल गोलरहित रहेको स्थितिमा मोन्टपेलियरका गोलरक्षक जोनास ओमलिनले रातो कार्ड पाएका थिए ।

पीएसजीको २१ खेलबाट ४५ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको लिलेमाथि तीन अंकको अग्रता हो । लियोन ४० अंकमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस