शुक्रबार ७ जना कोरोना संक्रमितको मृत्यु,३ सय २ जना संक्रमित थपिए

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, १६ : १६
शुक्रबार ७ जना कोरोना संक्रमितको मृत्यु,३ सय २ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ । यस्तै थप ३ सय २ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ।

हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ३ हजार ५ सय ४५ पीसीआर परीक्षण भएको छ। 
 

प्रतिक्रिया दिनुहोस