प्रतिगमनविरुद्ध राजधानीमा उर्लियो विशाल जनसागर (फोटोफिचर)

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, १३ : १९
प्रतिगमनविरुद्ध राजधानीमा उर्लियो विशाल जनसागर (फोटोफिचर)

काठमाडौँ । नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहल‍े शुक्रबार काठमाडौँमा विशाल जुलुस सहित विरोध प्रदर्शन आयोजना गरेको छ । विरोधसभा सुरु हुनुपूर्व निकालिएको जुलुसमा विशाल जनसागर उर्लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यतिबेला उपत्यकाका सबैजसो मुख्य सडकमा सवारी आगमन प्रभावित भएको छ ।

सभा अहिले केहीबेरमा सुरू हुदैछ ।  प्रचण्ड–नेपाल समूहले गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शनको आयोजना गरेका थिए । त्यसपछि भने आन्दोलन शिथिल बनेको टिप्पणी भएपछि उपत्यकाकेन्द्रित ठूलो सभाको आयोजना गरेका हुन् ।

नेकपा नेताहरुका अनुसार आज काठमाडौंमा दुई लाख मान्छे उतार्ने तयारी छ । काठमाडौंमा विभिन्न ९ स्थानबाट अहिले जुलुस निस्किएर पुरानो बसपार्कअगाडि सभामा परिणत हुँदैछ ।

टुडिखेलको वरिपरिको सडक भएर जाने विभिन्न ठाउँका यात्रु र सवारी प्रभावित बनेका छन् । रत्नपार्कबाट  भद्रगाली आउने सडकको प्रदर्शन मार्ग प्रवेश गर्ने र भन्द्रगाली जाने विन्दुमा मञ्‍च तयार गरिएको छ । 

हेर्नुहोस् तस्वीरहरु :

 

प्रतिक्रिया दिनुहोस