काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट २ किलो अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा गाउँपालिका-७ घर बताउने ५० वर्षीय राजकुमार खत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख १५५२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार खत्रीले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ माघ २०७७, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ