काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट २ किलो अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा गाउँपालिका-७ घर बताउने ५० वर्षीय राजकुमार खत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख १५५२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार खत्रीले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनी उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ माघ २०७७, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ