ओलीको हुकुमी शासन स्वीकार्य छैन : नेता पौडेल

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, १८ : ३५
ओलीको हुकुमी शासन स्वीकार्य छैन : नेता पौडेल

काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको हुकुमी शासन स्वीकार्य नभएको बताएका छन् । उनले अदालतले जनताको भावनाको कदर गर्दै लोकतन्त्रको रक्षाका लागि न्यायोचित कदम चाल्नुपर्ने बताएका हुन् ।

काठमाडौ‌ंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेको बताए । पौडेलले भने, ‘संसद् विघटन लोकतन्त्र विरोधी कदम हो । यो संविधान विरोधी कदम मात्र नभएर राष्ट्रघाती कदम पनि हो ।’

उनले संविधानले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटनको ठाउँ नराखेको बताए । ‘सरकार बनाउन नसकेमात्र अर्को प्रतिनिधिसभा आउँछ । सरकार दिन सकेसम्म प्रतिनिधिसभा भंग हुन्न’ पौडेलले भने ।


 

प्रतिक्रिया दिनुहोस