ओलीलाई आजैदेखि नेकपाको साधारण सदस्यबाट हटाउने माधव नेपालको घोषणा

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, १६ : ३५
ओलीलाई आजैदेखि नेकपाको साधारण सदस्यबाट हटाउने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई आजैदेखि साधारण सदस्यबाट हटाउने निर्णय गरेको  घोषणा गरेका छन् । 

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’ उनले ओलीलाई पार्टीको घाँडो भएको आरोप लगाए ।

उनले २०७१ सालदेखि पूर्वएमालेमा ओली घाँडो भएको बताए । उनले भने, ‘पार्टी एकिकरण पछि पनि घाँडै भए । नेपालले बालुवाटारमा चिठी पठाएर जवाफ मागेको र अहिलेसम्म जवाफ नआएको बताए । उनले थपे, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, जवाफ दिने आँट गरेका छैनन्, अब साधारण सदस्यबाट पनि ओली हट्छन् । पार्टीले उनलाई आजैदेखिबाट निस्कासन गर्छ ।’

प्रतिक्रिया दिनुहोस