काठमाडौँ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा दिने भनेको १० लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ । भारतले पठाएको उक्त १० लाख डोज कोरोना खोप आज बिहान काठमाडौं आईपुगेको छ ।
कोरोना खोप लिएर एअर इन्डियाको विमान बिहान ११ बजेर ५३ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका श्रोतले जानकारी दिएको छ ।
कोरोना खोप रिसिभ गर्न स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमै पुगेका थिए । बुधबार दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराएको जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०७७, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार दिनदेखि बेपत्ता दम्पतीको अझै पत्तो लागेन
नाका नखुल्दा चुलो बल्नै सकस
सखुवानन्कारकट्टीमा झण्डा महोत्सव हुने
अन्यायपूर्ण तरिकाले सडक विस्तार गराईएको भन्दै पीडितहरुको विरोध
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट
परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने