दुई दशक पुरानो चलचित्र टाइटानिकबाट प्रभावित अमेरिका ब्वाइज

सोमबार, ०५ चैत्र २०७४, १५ : ४१
दुई दशक पुरानो चलचित्र टाइटानिकबाट प्रभावित अमेरिका ब्वाइज


चितवन । सन् १९९७ मा अमेरिकी चलचित्र टाइटानिकले विश्वभर हलचल मच्चायो । त्यही अमेरिकी चलचित्र टाइटानिकलाई सम्झाउने गरी नेपाली चलचित्र अमेरिका ब्वाइजको टिजर सार्वजनिक भएको छ ।

अर्पन थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरसिया, अभय बराल, आशिष प्रसाई, सृष्टि कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको अमेरिका ब्वाइजलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । सी बडर््स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता समिर खरेल हुन् । सहनिर्माताका रुपमा अनुप थापा, यमुना खरेल र राज केसी रहेका छन् ।

चलचित्रको कथा, स्क्रीनप्ले र संवाद विवेक पाण्डे, छायाङ्कन आलोक शुक्ला, सम्पादन निमेष श्रेष्ठको रहेको छ । सम्राट बस्नेतको द्वन्द्व रहेको चलचित्रको कोरियोग्राफर सुनिल छेत्री र नेपाली ठिटोज् हुन् ।  चलचित्र २०७५ साल जेठ १८ गतेदेखि अलनेपाल रिलिज हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस