काठमाडौँ । सवारी ज्यान मुद्दामा जेल सजाय तोकिएका फरार अपराधी अढाइ वर्षपछि पक्राउ परेका छन् ।
सिन्धुली जिल्ला अदालतले २०७५ जेठ २९ गते सात महिना २० दिन कैद सजाय तोकेका सिन्धुलीको कमलामाई नगरपालिका–८ ठूलडाँडाका ३० वर्षीय पञ्चबहादुर वाइबालाई इलाका प्रहरी कार्यालय भिमानको टोलीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार फरार अपराधी पञ्चबहादुरलाई मङ्गलबार पक्राउ गरी आज सिन्धुली अदालतमा बुझाइएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ माघ २०७७, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ