थपिए ३१८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, १६ : ५८
थपिए ३१८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ सय १८ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ ।

बुधबार ३ सय ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ । हाल देशभर ३ हजार ६ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।