भारतले दिने भयो नेपाललाई अनुदानमा कोरोना भ्याक्सिन, भोलि आइपुग्ने

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, १५ : २२
भारतले दिने भयो नेपाललाई अनुदानमा कोरोना भ्याक्सिन, भोलि आइपुग्ने

काठमाडौँ । भारतले नेपाललाई अनुदानमा कोरोना भ्याक्सिन दिने भएको छ । भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिन लागेको हो ।

बुधबार स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरी १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिन लागेको जानकारी दिएका हुन् । भारतले छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ। आज भुटान र माल्दिभ्समा खोप पठाइएको छ। नेपाल र बंगलादेशमा बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ।

नेपाल सरकारले अक्सफोर्ड अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ। अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए। 

प्रतिक्रिया दिनुहोस