काठमाडौं । नेकपाका अध्यक्षद्दय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले सम्पादकहरुसँग छलफल गर्न लागेका छन् । अहिले बिहान प्रचण्ड र नेपालले दैनिक पत्रिकाका सम्पादक, केही नाम चलेका अनलाइनका सम्पादकहरुसँग अन्र्तक्रियात्मक सम्वाद गर्न लागेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले ५ पुसमा असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन गरेपछि दाहाल नेपालहरु सडक संर्घषमा छन् । ९ माघमा यो पक्षले काठमाडौंमा बृहद विरोध प्रर्दशन कार्यक्रम आयोजना गर्न लागेका छन् । दोश्रो चरणको संर्घषका कार्यक्रम अन्र्तगतको उत्र्कषका रुपमा ९ माघमा काठमाडौंमा झण्डै दुई लाख मान्छे उतारेर प्रर्दशन गर्ने तयारी गरेका प्रचण्ड नेपालहरुले त्यसैको तयारीका रुपमा सम्पादकहरुसँग पनि छलफल गर्न लागेका हुन् ।
केही दिन यता पार्टीका जनवर्गीय संगठन तथा पेशागत संगठनहरुको भेला बैठकहरु राखेर ९ माघको विरोध प्रर्दशनलाई व्यापक बनाउन तयारी गरिरहेका प्रचण्ड नेपालले ओलीको कदम कसरी असम्वैधानिक, आफ्नो पक्षको धारणा, सर्वाेच्चमा चलिरहेको विचाराधिन मुद्दा, निर्वाचन आयोगका विषय, पार्टीको आधिकारिकता, विभाजनको अवस्था, ओली गमनको चरित्र चित्रण लगायतका विषयमा जानकारी गराउने उदेश्यले सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् ।
छलफल राजधानीको दरबारमार्गस्थित पाँच तारे होटल याक एण्ड यतिमा आयोजना हुन लागेको हो । अबिले बिहान ९ बजेवाट सम्पादकहरुसँग लन्च सहित प्रचण्ड नेपालले सम्पादकहरुसँग छलफल गर्न लागेको अध्यक्ष माधव नेपालको सचिवालयले जानकारी दिएका छन् । छलफलमा प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको सहभागिता रहने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०७७, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन ‘प्रचण्ड’को आह्वान
सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
‘परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन’: ’प्रचण्ड’
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड
‘प्रचण्ड’को सचिवालयले भन्यो : ‘पार्टी एकताबारे टुंगो लागिसकेको छैन’