काठमाडौं । नेकपाका अध्यक्षद्दय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले सम्पादकहरुसँग छलफल गर्न लागेका छन् । अहिले बिहान प्रचण्ड र नेपालले दैनिक पत्रिकाका सम्पादक, केही नाम चलेका अनलाइनका सम्पादकहरुसँग अन्र्तक्रियात्मक सम्वाद गर्न लागेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले ५ पुसमा असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटन गरेपछि दाहाल नेपालहरु सडक संर्घषमा छन् । ९ माघमा यो पक्षले काठमाडौंमा बृहद विरोध प्रर्दशन कार्यक्रम आयोजना गर्न लागेका छन् । दोश्रो चरणको संर्घषका कार्यक्रम अन्र्तगतको उत्र्कषका रुपमा ९ माघमा काठमाडौंमा झण्डै दुई लाख मान्छे उतारेर प्रर्दशन गर्ने तयारी गरेका प्रचण्ड नेपालहरुले त्यसैको तयारीका रुपमा सम्पादकहरुसँग पनि छलफल गर्न लागेका हुन् ।
केही दिन यता पार्टीका जनवर्गीय संगठन तथा पेशागत संगठनहरुको भेला बैठकहरु राखेर ९ माघको विरोध प्रर्दशनलाई व्यापक बनाउन तयारी गरिरहेका प्रचण्ड नेपालले ओलीको कदम कसरी असम्वैधानिक, आफ्नो पक्षको धारणा, सर्वाेच्चमा चलिरहेको विचाराधिन मुद्दा, निर्वाचन आयोगका विषय, पार्टीको आधिकारिकता, विभाजनको अवस्था, ओली गमनको चरित्र चित्रण लगायतका विषयमा जानकारी गराउने उदेश्यले सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् ।
छलफल राजधानीको दरबारमार्गस्थित पाँच तारे होटल याक एण्ड यतिमा आयोजना हुन लागेको हो । अबिले बिहान ९ बजेवाट सम्पादकहरुसँग लन्च सहित प्रचण्ड नेपालले सम्पादकहरुसँग छलफल गर्न लागेको अध्यक्ष माधव नेपालको सचिवालयले जानकारी दिएका छन् । छलफलमा प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको सहभागिता रहने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ माघ २०७७, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’
रुकुम पूर्वका मतदातासँग प्रचण्ड ६ दिन आफैं मत माग्न पुग्ने, यस्तो छ कार्यतालिका
प्रचण्ड फर्किँदा पूर्वी रुकुम किन फेरि उत्साहित छ ?
डा. बाबुराम भट्टराईका पिताप्रति ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण