काठमाडौँ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । उनले यसमा अब केही भ्रममा बस्नु आवश्यक नरहेको प्रचण्डले स्पष्ट पारे ।
मंगलबार राति पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तरवार्ता दिँदै प्रचण्डले आधिकारिक नेकपा पनि आफूहरु नै रहेको र निर्वाचन आयोगले आफूहरुलाई नै मान्यता दिने दावी गरे । झोँक्किँदै प्रचण्डले भने– म त तुरुन्तै प्रधानमन्त्री हुन्थेँ नि !
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको एक मात्रै लक्ष्य आफूलाई कसरी सिध्याउने भन्ने रहेको बताएका छन् । मंगलबार राति पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तरवार्ता दिँदै प्रचण्डले गणतन्त्र रहिरहे आफ्नो औचित्य नै सकिने ठानेर ओली आफूविरुद्ध षड्यन्त्रमा लागेको प्रचण्डले दावी गरे ।
व्यक्तिगत स्वार्थकै लागि प्रचण्डले तत्कालीन एमालेसँग पार्टी विलय गराएको आशयसहितको प्रश्न धमलाले सोधेपछि प्रचण्डले त्यसको कुनै सत्यता नभएको र त्यो सबै झूट भएको जवाफ दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०७७, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस