काठमाडौँ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । उनले यसमा अब केही भ्रममा बस्नु आवश्यक नरहेको प्रचण्डले स्पष्ट पारे ।
मंगलबार राति पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तरवार्ता दिँदै प्रचण्डले आधिकारिक नेकपा पनि आफूहरु नै रहेको र निर्वाचन आयोगले आफूहरुलाई नै मान्यता दिने दावी गरे । झोँक्किँदै प्रचण्डले भने– म त तुरुन्तै प्रधानमन्त्री हुन्थेँ नि !
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको एक मात्रै लक्ष्य आफूलाई कसरी सिध्याउने भन्ने रहेको बताएका छन् । मंगलबार राति पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तरवार्ता दिँदै प्रचण्डले गणतन्त्र रहिरहे आफ्नो औचित्य नै सकिने ठानेर ओली आफूविरुद्ध षड्यन्त्रमा लागेको प्रचण्डले दावी गरे ।
व्यक्तिगत स्वार्थकै लागि प्रचण्डले तत्कालीन एमालेसँग पार्टी विलय गराएको आशयसहितको प्रश्न धमलाले सोधेपछि प्रचण्डले त्यसको कुनै सत्यता नभएको र त्यो सबै झूट भएको जवाफ दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०७७, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार