काठमाडौँ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सर्वोच्च अदालतलाई कुनै दवाव र धम्की नदिने स्पष्ट पारेका छन् । यद्यपी देश नै प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको भन्दै प्रचण्डले सर्वोच्चले पनि जनताको भावनाअनुरुप फैसला गर्ने विश्वास गरे ।
मंगलबार राति पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘सर्वोच्चलाई कुनै दवाव नदिएको भएपनि अदालत जनताको भावना विपरित नजाने विश्वास छ । गए त संविधान भाँचियो । संविधान ट्रयाकबाट बाहिर गयो । त्यसपछि देश अध्यारो सुरुङतिथर जान्छ ।’
उनले संविधानसभाबाट संविधान जारी हुनुलाई शान्तिप्रक्रयाको अंगको रुपमा समेत लिनुपर्ने भन्दै यसतर्फ पनि ख्याल गरिनुपर्नेमा जोड दिए ।
उनले संविधान भाँचिएपछि देश अस्थिरता र कुनै पक्ष विद्रोहतिर समेत जानसक्ने भन्दै देश भयानक अँध्यारोतर्फ जाने दोहोर्याए ।
उनले संसद भंग भएको नभए केपी ओलीको सरकार चाहिँ भंग भएको दावी गरे । प्रधानमन्त्रीलाई जुन बेला जे मन लाग्यो त्यो गर्ने अधिकार नभएको भन्दै ओलीको अराजक कदमलाई मान्यता दिन नसकिने बताए ।
उनले आफ्नो जोड संसद पुनर्स्थापनातर्फ भएको र त्यसको विकल्प पनि नभएको भन्दै निर्वाचनतर्फ नसोचेको र ध्यान पनि नदिएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०७७, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार