थपिए ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, १६ : ३३
थपिए ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

मंगलबार ४ सय ४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । 

हाल देशभर ३ हजार ७ सय ६४ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ५९, भक्तपुरमा २७ र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।