एजेन्सी । संसारका केही देशमा कोरोना रोकथामका लागि खोप कार्यक्रम चलिरहेको छ । यसैबीच विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले आफ्नो साप्ताहिक रिपोर्ट सार्वजनिक गरेको छ, जसअनुसार विश्वका १३ देश र आइल्यान्ड (टापू) अहिले कोरोनामुक्त भइसकेका छन् । यहाँ अहिले कोरोनाको कुनै पनि केस छैन ।
यद्यपी, विश्वका १ सय ३१ देशहरुमा कोरोनाको संक्रमण स्थानीय स्तरमा फैलिसकेको छ । यो चिन्ताको विषय हो । अमेरिका, पाकिस्तान, ब्राजिल, बेलायत, फ्रान्सलगायतका धेरै देशमा स्थानीयस्तरमा कोरोनाको संक्रमण फैलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ माघ २०७७, १५ : ५२
लेखकबाट थप