काठमाडौं । सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा संवैधानिक इजलासमा बहस चलिरहँदा अधिवक्ता पुण्यप्रसाद खतिवडाले आफूले दायर गरेको रिटमाथि पनि सोही इजलासमा छलफल हुनुपर्ने माग गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै निर्वाचनमा जानु नै उपयुक्त विकल्प हुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए भने सो रिटमाथि न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले कारण देखाउ आदेश जारी गरिसकेको छ ।
आफ्नो पनि प्रतिनिधिसभा विघटनसँग सम्बन्धित मुद्दा नै भएकाले संवैधानिक इजलासबाटै छिनोफानो हुनुपर्ने भन्दै उनी पूरक निवेदन बोकेर इजलासमा पुगेका हुन् ।
तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मुद्दा निकै अघि सकेको भन्दै उनको मुद्दालाई एकैठाउँमा राख्न मानेनन् भने उनलाई फिर्ता पठाइदिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०७७, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी