काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामविरूद्ध दायर रिटको सुनुवाइ आज पनि स्थगित भएको छ ।
सरकारी वकिलले सुनुवाई शुरु नहुँदै स्थगनको माग गरेपछि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उक्त पेशी स्थगित गरेको हो । नेकपा नामको विवादको पेशी आजलाई तोकिएके थियो ।
तत्कालीन नेकपा (एमाले) र (नेकपा माओवादी केन्द्र) बीच एकीकरण भएर तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उक्त नाममा कट्टेल अध्यक्ष रहेको नेकपाले विवाद गरेको थियो । नेकपाले आफ्नो नाममा अर्को पक्षलाई बैधता दिएको भन्दै निर्वाचन आयोग र सत्तारूढ नेकपाविरूद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।
२०७५ मंसिर २१ गते दायर भएको यो रिटमा सर्वोच्चले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो। त्यसयता पटकपटक पेशी तोकिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०७७, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार