होम आईसोलेसनमा बसेका कोरोना  संक्रमित एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, ११ : ३५
होम आईसोलेसनमा बसेका कोरोना  संक्रमित एक पुरुषको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०का ७० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो।

Yeti Diistillery Tansen Cement box

उनलाई पुस २६ गते कोरोना पुष्टि भएको थियो । कोरोना भएपछि घरमै बसेका बृद्धलाई अक्सिजनको लेबल कम देखिएपछि २७ गते भेरी अस्पतालमा ल्याइएको थियो।

भेरीमा उपचारको क्रममा स्वास्थ्यमा सुधार आएपछि २९ गते पुनः होम आइसोलेसनमा लगिएको थियो। बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ। 

प्रतिक्रिया दिनुहोस