के नेपालमा ‘यूके भेरिएन्ट’ पत्ता लगाउन सहज छ ?

पत्रपत्रिकाबाट

मंगलबार, ०६ माघ २०७७, ०७ : ४१
के नेपालमा ‘यूके भेरिएन्ट’ पत्ता लगाउन सहज छ ?

काठमाडौँ । नेपालमा तीनजनामा कोरोना भाइरसको यूके भेरिएन्ट ९बी११७० भेटिएको औपचारिक रुपमा पुष्टि भएपनि जनस्तरमा यसको परीक्षणका लागि यथोचित तयारी भने गरिएको छैन । पुसको पहिलो साता बेलायतबाट फर्किएका तीन जनामा बी.१.१.७ कोरोना भाइरसको संक्रमण रहेरनरहेको पुष्टि गर्नका लागि उनीहरुबाट लिइएका स्वाब नमुना हङकङ पठाउनु परेको थियो ।

सामान्य रुपमा यो नयाँ भेरिएन्ट पत्ता लगाउन कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिको पीसीआर परीक्षण गर्दा भाइरसका अन्य जीनका साथै मुख्य रुपमा एस–जिनलाई पनि लक्षित गरेर परीक्षण गर्न आवश्यक हुन्छ । यदी अन्य जीन पोजिटिभ तर एस–जीन निगेटिभ देखिएमा भने बी.१.१.७ भेरिएन्ट भएको आशंका गरिन्छ । यसको पुष्टि नै गर्नका लागि भने जिनोम सिक्वेन्सिङ नै गर्नुपर्ने हुन्छ ।

बेलायतबाट फर्किएका ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरूको नमुनामा एस–जीनलाई लक्षित गरी एनपीएचएलमा पीसीआर परीक्षण गरिएको थियो । सो परीक्षणमा ३ जनाको नमुनामा एस–जीन निगेटिभ रहेको पाइएको थियो । त्यसपछि भने ३ जनामा यूके भेरिएन्ट हुनसक्ने आशंका गर्दै नमुना हङकङ पठाउने तारतम्य मिलाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा पठाइएको ३ वटै नमुना अनुवांशिक परिवर्तन देखिएको कोरोनाभाइरसको बी।१।१।७ भेरिएन्ट देखिएको जानकारी गराएको हो । विज्ञप्ती अनुसार पुस २७ गते हङकङ प्रयोगशाला पठाइएको नमुनाको रिपोर्ट माघ ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ९एनपीएचएल०को ईमेलमा प्राप्त भएको हो ।

के नेपालमा परीक्षण सम्भव छ ?
नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा एस–जीनलाई लक्षित गरी परीक्षण गर्न सम्भव नभएको भने होइन । तर, आजको दिनमा यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्रै सम्भव छ । हाल देशभरमा गरेर कूल ८२ प्रयोगशालाहरुमा कोरोना भाइरसको पीसीआर परीक्षण हुने भएपनि सम्भवतः एनपीएचएलमा मात्रै यो सुविधा उपलब्ध छ ।

प्रयोगशालाकी निर्देशक डा। रुणा झा भने यूके भेरिएन्ट नेपालमा भेटिए पनि आत्तिनुपर्ने अवस्था नरहेको तर्क गर्छिन् । उनका अनुसार एनपीएचएलमा कोरोना भाइरस परीक्षण गर्ने रिएजेन्टहरुमा एस–जीन परीक्षण गर्ने रिएजेन्ट पनि रहेकोले परीक्षण सम्भव भएको थियो । ‘हामीले परीक्षण गर्दा ३ वटा जिन डिटेक्ट गर्ने रिएजेन्ट प्रयोग गरिराखेको हो । सामान्तया कोभिड पोजिटिभमा ३ वटै जीन नेगेटिभरपोजिटिभ आउँछ,’ उनले भनिन्, ‘एस–जिन नेगेटिभ आएपछि जिन स्क्वेन्सिङ गर्दा नयाँ भेरिएन्ट भेटिएको हो । भाइरसमा अनुवांशिक परिवर्तन भएकोले रिएजेन्टले जिन डिटेक्ट नगरेको हो ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस