काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज सङ्खुवासभा पुगेका छन् । राष्ट्रपति पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सरिक हुन त्यहाँ पुगेका हुन् ।
विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पुर्याएको छ ।
राष्ट्रपति पौडेल त्यहाँ पुग्दा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलले विद्यालय परिसरमा निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यक्रम छ। विशेष समारोह अहिले पनि त्यहाँ जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, १५ : ५७
लेखकबाट थप