थपिए ३ सय २२ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०७७, १६ : २९
थपिए ३ सय २२ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ सय २२ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ ।

सोमबार ३ सय ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको छ । गत २४ घन्टामा ४ हजार ३ सय ६ पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जना कोरोना संक्रमित थपिएका छन् । हाल देशभर १ सय ६१ जना कोरोना संक्रमितको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।