बेलायतमा धमाधम लगाइँदै कोरोना खोप, एकैदिन दुई लाख ९८ हजारले लगाए

एजेन्सी

सोमबार, ०५ माघ २०७७, ०८ : ०६
बेलायतमा धमाधम लगाइँदै कोरोना खोप, एकैदिन दुई लाख ९८ हजारले लगाए

एजेन्सी । बेलायत सरकारले कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । शनिबारमात्र एकैदिनमा दुई लाख ९८ हजार ८७ जनालाई पहिलो डोज खोप उपलब्ध गराइएको थियो । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वितरण भइरहेको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुखले बीबीसीलाई बताएका छन् ।

खोप अझै तीव्र गतिमा अघि बढाउन आउँदो दश दिनभित्र हप्ताको सातैदिन चौबिसै घन्टा खोप वितरण गरिने भएको छ । ० वर्षमाथिका पचास प्रतिशतले खोप पाइसकेको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिएका छन ।

आइतबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म ४३ लाख ७ हजारभन्दा बढी खोप वितरण गरिसकिएको छ । जसमध्ये ३ लाख ५७ हजार २६६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

प्रतिक्रिया दिनुहोस