चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको संसद विघटनविरुद्ध भोलि सोमबार भरतपुरको चौबीसकोठीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता लिलामणि पोखरेलले सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी ओलीलीद्वारा संसद बिघटन गरिएको असंवैधानिक कदमका बिरुद्ध गठित संघर्ष समिति चितवनको वैठक पार्टी केन्द्रीय सदस्य तथा संघर्ष समिति संयोजक कृष्ण खनालको अध्यक्षतामा आज जिल्ला पार्टी कार्यालय कृ्ष्णपुरमा बसेको वैठकले विरोध सभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।
विरोध सभामा प्रमुख बक्ताहरू लिलामणि पोखरेल, जगन्नाथ खतिवडा, लेखनाथ न्योपाने लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकासन बिभागका इन्चार्ज रामचन्द्र अधिकारीले बताए ।
भोलि ५ गते भरतपुर, माडी र कालिकामा विरोध सभा र यही ९ गते काठमाडौंको बृहत प्रदर्शनमा व्यापक सहभागीता जनाउने निर्णयका साथ बैठक सम्पन्न भएको नेकपा प्रचार तथा प्रसार विभाग चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेरो अभिव्यक्तिले स्वतन्त्र न्यायपालिकालाई प्रभाव पार्ने कुरा हुनै सक्दैन : प्रचण्ड
हामी सरकारमा जाने हो तर अहिले होइन, अब आउने चुनावमा सानका साथ जाने हो : गगन थापा
रघुजी पन्तले ‘पिँडुला देखाएर सांसद बनेकी’ भनेपछि कोमल ओलीले दिइन् जवाफ
फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको तयारी
निर्वाचन आयोगको भूमिका नै रहस्यमय !
केपी ओलीमा वैचारिक स्खलन, एकता असम्भव