थपिए २६६ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०७७, १६ : ३३
थपिए २६६ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ सय ६६ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ ।

आइतबार ४ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । देशभर ३ हजार ९ सय १९ सक्रिय संक्रमित रहेका छन् ।