काठमाडौँ । नेपाल काँग्रेसका युवा नेता गगनकुमार थापाले असंवैधानिक कदम चालेर संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई किर्तेप्रसाद ओली भनेका छन् ।
नेपाली काँग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन । यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।’
ुकेपी ओली अब किर्ते प्रसाद ओली हो,ु उनले भने, ुसुवास नेम्वाङले संविधान नै बिर्सिनु भयो। राष्ट्रपति अब गुटपति हुनुभयो।ु काँग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने बताए ।
‘सुवास नेम्वाङको सम्बोधन सुन्दै थिएँ, उहाँले भन्नुभयो कसको कसको नाम बिर्सिएँ रे । नाम होइन कमरेड, तपाईंले संविधान नै बिर्सनुभयो,’ उनले भने, ‘आफ्नो जिम्मेवारी नै बिर्सनुभयो । तपाईंले आफनो हैसियत बिर्सनुभयो । तपाईंलाई थोरै पनि अप्ठयारो लाग्दैन ?’
शनिबार ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलाको सम्बनेधनका क्रममा नेम्वाङले माधव नेपालको नाम बिर्सिएको भन्दै व्यांग्य गरेका थिए । नेम्वाङले प्रधानमन्त्रीले गलत गर्नुभयो भन्न नसकेको भन्दै काँग्रेस नेता थापाले ओलीका वरिपरि बस्नेहरुले कुरीकुरी भन्नु पर्नेमा वाहवाह भनेको भन्दै आश्चर्य व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी