नेपालमा कोभिड १९ को खोप ल्याउन दुई कम्पनीको आवेदन

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०७७, १२ : ०३
नेपालमा कोभिड १९ को खोप ल्याउन दुई कम्पनीको आवेदन

काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको खोप ल्याउनको लागि थप दुई कम्पनीले दर्ता अनुमतिका लागि आवेदन दिएका छन् । औषधि व्यवस्था विभागका अनुसार भारतको भारत बायेटेक र चीनको सिनोर्फामले नेपालमा खोप ल्याउन आवेदन दिएका हुन् ।

विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार यी दुवै कम्पनीले आवेदन दिएका छन्, तर उनीहरुको कागजात पुगेको छैन ।  नेपालमा शुक्रबार भारतको शेरम इन्स्टिच्युटको कोभिसिल्ड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस