चितवन । नेपाली काँग्रेस चितवनले जिल्लाका सातै पालिकामा आज बिरोध सभा सम्पन्न गरेको छ । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार आज सबै पालिकामा बिरोध सभा सम्पन्न गरिएको हो ।
भरतपुर महानगरपालिकामा बरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य पालिकामा केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका छन् ।
काँग्रेस चितवनको प्रदर्शनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, धनराज गुरुङ, डिला संग्रौलासहितका केन्द्रीय नेताहरुले सम्बोधन गरे । भरतपुर महानगरपालिकामा भएको बिरोध सभालाई काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले सम्बोधन गरेकी थिइन् ।
राप्ती नगरपालिकाको भण्डारामा र रत्ननगरको बकुल्लहरमा महेश आचार्यले सम्बोधन गरे । खैरहनीको पुरानो पर्सामा धनराज गुरुङले सम्बोधन गरे । कालिकाको भिमोदय चोक पदमपुरमा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीले सम्बोधन गरे ।
माडीको बसन्तपुरमा र ईच्छाकामनाको मुग्लिन बजारमा भएको सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
सरकारले संसद बिघटन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको हो । यसअघि काँग्रेसले जिल्ला स्तरीय, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै पालिका तहमा बिरोध सभा गर्न लागेको हो । सरकारको असंबैधानिक कदमको बिरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले माघ ८ गते जिल्लाको ९८ वटै वडामा बिरोध प्रदर्शन गर्दै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०७७, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल