आकासको 'तपस्या' सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, १६ : ४७
आकासको 'तपस्या' सार्वजनिक

तस्वीर : सूर्यप्रकाश कँडेल

चितवन । युवा आख्यानकार आकास पौडेलको उपन्यास तपस्या शनिबार एक समारोहबीच भरतपुरमा विमोचन गरिएको छ ।

युरेका पब्लिकेसनबाट प्रकाशित तपस्या सम्पूर्ण किताबले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भूपेन्द्र खड्का ‘भूपिन’ ले सार्वजनिक गरेका हुन् । प्रमुख अतिथि खड्काले पाठ्यपुस्तकको पढाईले मात्र धेरै टाढा पुग्न नसकिने भन्दै साहित्यका पुस्तक पनि पढ्न आग्रह गरे।

यूरेका पब्लिकेसनका लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै लेखक पौडेलले चार वर्षको मिहिनेतपछि तपस्यालाई पाठकमाझ ल्याउन सकिएको बताए ।

अक्षर समूहका उपाध्यक्ष द्वारिका नेपालले समीक्षात्मक टिप्पणी गर्दै उपन्यास युवाकेन्द्रित रहेको बताए । कवि डाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री र सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले पुस्तक सफलताको कामना गरे ।

सप्तगण्डकी बिम्ब यात्राकी उपाध्यक्ष सुप्रदिप्ती भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रगतिशील लेखक संघ चितवनकी उपाध्यक्ष प्रभा मरहठ्ठा, विद्यार्थी सौगात आचार्य, सञ्चारकर्मी भूपराज पाठकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस