बितेको २४ घण्टामा देशभर थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, १६ : २६
बितेको २४ घण्टामा देशभर थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ हजार ५८ जना सक्रिय संक्रमित छन् भने कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरोना संक्रमणका कारण शनिबार थप ६ जना मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ सय ३१ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा ३ हजार ८ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४० जनामा कोरोना पुष्टि भएको हो ।
 

प्रतिक्रिया दिनुहोस