बेलायत । बेलायतको सर्वोच्च अदालतले लकडाउनका कारण मर्कामा परेका साना व्यवसायीहरूलाई विमा रकम भुक्तानी गर्न आदेश दिएको छ ।
गत बर्ष भएको पहिलो चरणको लकडाउनको बेलाको रकम भुक्तानी गर्न अदालतले शुक्रबार आदेश दिएको हो । त्यस्तो रकम झण्डै १६ लाख अमेरिकी डलर हुने पनि जनाइएको छ ।
प्रभावित व्यवसायीक प्रतिष्ठानहरूको सहयोगमा आर्थिक नियमनकर्ताहरूले रकम भुक्तानीको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेका थिए । आर्थिक आचरण प्राधिकरण (एफसीए) नामक निकायका अधिकारीले साना व्यवसायीको १.२ पाउण्ड रकम अहिले भुक्तानी नभएको उल्लेख गरेका छन् ।
प्राधिकरणको मुद्दाको पक्षमा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीश निकोलस ह्याम्ब्लेनले फरक फरक ६० विमा कम्पनीबाट तीन लाख ७० हजार विमाधारक प्रभावित भएको बताउनुभयो ।
अदालतको फैसलाले विमा भुक्तानीका लागि दावी गर्न मार्ग प्रशस्त गरेको एफसीएका कार्यकारी निर्देशक शेल्डन मिल्सको भनाई छ । “अदालतको आदेशलाई सरकारले पनि स्वागत गरेको छ । सर्वोच्च अदालतको यो आदेश अत्यन्त स्वागतयोग्य छ,” व्यापार राज्य मन्त्री क्वासी क्वार्टेङले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ माघ २०७७, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित