काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि थप कारबाहीको तयारी थालेको छ ।
यसअघि नै एकपक्षीय रुपमा ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरेको प्रचण्ड–नेपाल समूहले ओलीमाथि थप कारबाहीको तयारी थालेको छ ।
शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । सो पक्षले ओलीलाई नेकपाबाट साधारण सदस्यसमेतबाट बर्खास्त गर्ने तयारीअनुरुप स्पष्टीकरण सोधेको जनाएको छ । ओलीले देशलाई संवैधानिक र राजनीतिक रुपमा देशलाई जटिलतातर्फ मोडेको तथा पार्टी हितविपरितको गतिविधि गरेको रावलको भनाइ छ ।
बैठकले ओली समूहका महासचिव विष्णु पौडेलसमेतलाई कारबाही गर्ने निर्णय गरेको छ । पौडेलले समेत पार्टी हितविपरित गतिविधि गरेकाले कारबाही गर्ने निर्णय भएको प्रचण्ड–नेपाल पक्षको दावी छ ।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा विभाजित बनेको छ भने एक पक्षले अर्को पक्षलाई ‘कारबाही’ गर्ने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०७७, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा