काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि थप कारबाहीको तयारी थालेको छ ।
यसअघि नै एकपक्षीय रुपमा ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरेको प्रचण्ड–नेपाल समूहले ओलीमाथि थप कारबाहीको तयारी थालेको छ ।
शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । सो पक्षले ओलीलाई नेकपाबाट साधारण सदस्यसमेतबाट बर्खास्त गर्ने तयारीअनुरुप स्पष्टीकरण सोधेको जनाएको छ । ओलीले देशलाई संवैधानिक र राजनीतिक रुपमा देशलाई जटिलतातर्फ मोडेको तथा पार्टी हितविपरितको गतिविधि गरेको रावलको भनाइ छ ।
बैठकले ओली समूहका महासचिव विष्णु पौडेलसमेतलाई कारबाही गर्ने निर्णय गरेको छ । पौडेलले समेत पार्टी हितविपरित गतिविधि गरेकाले कारबाही गर्ने निर्णय भएको प्रचण्ड–नेपाल पक्षको दावी छ ।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा विभाजित बनेको छ भने एक पक्षले अर्को पक्षलाई ‘कारबाही’ गर्ने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०७७, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली
पब्लिक डिबेटका लागि तयार छु : केपी शर्मा ओली
नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ : अध्यक्ष ओली
उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस