नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकमा समसामयिक विषयमा छलफल हुने

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १३ : २५
नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकमा समसामयिक विषयमा छलफल हुने

काठमाडौं । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज ३ बजे नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दैछ । 

स्थायी कमिटी सदस्य वेदुराम भुसालका अनुसार स्थायी कमिटी बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । भुसालले संसद विघटनको विरुद्धमा गरिरहेको आन्दोलनलाई अझ कसरी सशक्त पार्ने भन्ने विषयमा व्यापक छलफल हुने बताए ।

संसद् विघटन विरुद्ध संयुक्त प्रदर्शनको गृहकार्यलाई सबै दलसँग फेरि छलफल गर्ने विषयमाथि पनि स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।नेकपाको वैधानिकता विवाद नटुंगिएकाले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी संयुक्त प्रदर्शन गर्न सहमत भएका छैनन् ।

विपक्षी दलहरु सहमत नभए एक्लै प्रदर्शनलाई अगाडि बढाउने नेकपा प्रचण्ड नेपाल पक्षले जनाएको छ । यसअघि नेकपा प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो ।


 

प्रतिक्रिया दिनुहोस