कौन बनेगा करोडपछिबाट अमिताभ बच्चन बाहिरिए

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १३ : ४६
कौन बनेगा करोडपछिबाट अमिताभ बच्चन बाहिरिए

नयाँ दिल्ली । भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ दर्शकहरुबीच निकै लोकप्रिय छ । पछिल्ला १२ सिजन अमिताभ बच्चनले यो शो सञ्चालन गरे । तर, अब अमिताभले यस शोबाट अवकाश लिने बताएका छन् । 

अमिताभले भर्खरैमात्र केबिसी १२ को अन्तिम एपिसोडको सुटिङ समाप्त गरे । सुटिङ सकिएलगत्तै उनले आफ्नो फ्यानहरुका लागि विशेष ब्लग लेखेका हुन्, जहाँ उनले अवकाशबारे लेखेका छन् । अमिताभले लेखेका छन्, ‘म अब थाकिसकेको छु र रिटायर्ड भइसकेको छु । म माफी चाहन्छु, तपाईहरु सबैसँग, कौन बनेगा करोडपतिको सुटिङको यो अन्तिम दिन निकै लामो रह्यो ।’

यद्यपी, आगामी संस्करणहरुमा पनि कुनै न कुनै रुपमा केबिसीको हिस्साका रुपमा रहने उनले जनाएका छन् । शोको अन्तिम एपिशोडमा आफुलाई भव्य बिदाई र प्रेम मिलेको उनले बताएका छन् । 

गत वर्ष कोभिडका कारण शोको सुटिङ रोकिएको थियो । त्यस्तै, अमिताभ, छोरा अभिषेक र बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कारोरना भएको थियो । जब, अमिताभले कोरोनाको लडाइँ जिते, त्यसपछि फेरि शो सुरु भयो ।

अमिताभले अवकाश लिने घोषणा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सोशल मिडियामार्फत अमिताभ सधैं आफ्ना फ्यानहरुसँग जोडिन रुचाउँछन् । उनी फ्यानहरुका लागि खास तस्विर र आफ्नो जिन्दगीका किस्साहरु सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस