सहकारी संस्थालाई आर्थिक कारोबारमा सघाउन नयाँ सहकारी बैंक स्थापना हुने

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १३ : ०८
सहकारी संस्थालाई आर्थिक कारोबारमा सघाउन नयाँ सहकारी बैंक स्थापना हुने

सांकेतिक तस्विर

काठमाडौं । नयाँ सहकारी बैंक स्थापना हुने भएको छ । हाल राष्ट्रिय सहकारी बैंक सञ्चालनमा रहेको छ । यसको विकल्पमा नयाँ सहकारी बैंक स्थापना गर्न गृहकार्य थालिएको हो ।

राजधानीको कार्की बैङक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएका छन्।मुलुकभरका करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबारमा सघाउने गरी बैंक स्थापना गर्न  प्रकृया अघि बढाइएको छ।

नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार भेला लगत्तै प्रकृया अघि बढ्ने र मुलुक कै सहकारी क्षेत्रको सबैभन्दा ठुलो बैंक हुने जानकारी गराए ।

संस्था दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । ती मध्य हालसम्म करिब एक हजार संस्था दर्ता प्रकृयामा सहभागि हुने तयारी भैरहेको छ । बैकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ । बैंक स्थापना हुन आवश्यक भन्दा बढीनै फाइल संकलन भैसकेको भण्डारीले बताए ।

‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन’, उनले भने, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं –बैक गठन कार्यदलका संयोजक भण्डारीले बताए । प्रारम्भिक चरणमा बैंकको सेयर पूँजी ३ अर्ब रुपैयाँ हुने उनले बताए ।

सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको बैंक संचालनमा छ । तथ्याङक अनुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नँया बैंक स्थापना प्रकृया अघि बढाइएको हो । हाल सञ्चालनमा रहेको सहकारी बैंकले नेपाल राष्ट बैंकबाट बैकिंङ अनुमति पाएको छैन ।

राजधानीको कार्की बैङक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएका छन् । सहकारी ऐन २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैंक स्थापना गर्न पाउने व्यवस्था छ । सो ऐनको धारा ५४ देखि ६० सम्म बैंकको विषयमा ब्याख्या गरिएको छ ।

त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पूँजी कम्तिमा तीन अर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पूँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ ।

सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । बैंक दर्ता प्रक्रिया शुरु गर्न प्रारम्भिक भेलाका निर्णय, व्यावसायीक कार्ययोजना, शेयर पुजी तथा शुल्क वापत संकलित रकमको भरपाई, स्वघोषणापत्र, विभागले तोके बमोजिम एक दिवसीय पुर्व सहकारी शिक्षा प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ । हाल सञ्चालनमा रहेको सहकारी बैकले सबै सहकारीलाई समेट्न नसकेको जनाउदै ऐन अनुसार नया बैक दर्ता प्रकृया शुरु गर्न भेला आयोजना गर्न लगिएको संयोजक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस