कोरोनाभाइरसको जन्मस्थान अनुसन्धान गर्न डब्ल्यूएचओको १० सदस्सीय टिम चीन पुग्यो

एजेन्सी

विहीबार, ०१ माघ २०७७, १२ : ५४
कोरोनाभाइरसको जन्मस्थान अनुसन्धान गर्न डब्ल्यूएचओको १० सदस्सीय टिम चीन पुग्यो

काठमाडौं । विश्व स्वास्थ्य संगठनका १० सदस्सीय समूह बिहिबार चीन पुगेको छ ।  यो दलले ऊहानमा अनुसन्धान गर्नेछ जहाँबाट कोरोनाभाइरसको जन्म भएको हो ।

यसका साथै चीनमा आठ महिनापछि पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । ती व्यक्ति चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने ४,६३५ औं व्यक्ति हुन् । उनी हेबेई प्रान्तका बासिन्दा हुन् ।  

डब्ल्यूएओको समूहले आफ्नो अनुसन्धान थाल्नुअघि दुई हप्ता क्वारेन्टिनमा बस्नेछ । चीनको सरकारी मिडियाले उनीहरुको प्रस्थानको प्रत्यक्ष प्रसारण गरेको थियो । डब्ल्यूएओको समूह लगभग एक वर्षपछिको समन्वयपछि चीनमा पुग्न सफल भएको हो ।

यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले १२ जनवरीमा थुप्रै महिनापछि सय बढी संक्रमित फेला परेको जानकारी दिएको छ । यी ११५ संक्रमितमध्ये १०७ स्थानीय स्तरको संक्रमण हो भने अन्य भने बाहिरबाट आएका मानिसहरुसँग सम्बन्धित छ ।

आयोगले ९० संक्रमित हुबेई प्रान्तको, १६ संक्रमित हाईलोंग जियांग राज्य र एक शांग्सी प्रान्तमा देखिएको छ । अगस्टपछि चीनमा एक दिनमा पहिलो पटक सय बढी संक्रमित देखिएको हो । चीनमा गत वर्षदेखि कोरोना फैलाएको आरोप लागिरहेको छ । अमेरिकाले त भाइरस उसको ल्याबमा विकसित भएको भन्नेसमेत आरोप लगाएको छ ।
 

प्रतिक्रिया दिनुहोस