काठमाडौं । प्रहरी विप्लव नेकपाका तेश्रो तहका नेता धर्मेन्द्र बाँस्तोलालाई बुधबार दिउँसो ललितपुर गिम्दीबाट पक्राउ गरेको छ । पश्चिम कमाण्ड इन्चार्ज समेत रहेका बाँस्तोलालाई कालिकोट माल्टाका विवेक कुमाल र रोजन रखालसँगै प्रहरीले प्रक्राउ गरेको हो ।
बाँस्तोला प्रक्राउ प्रहरीले प्रकाण्डका सहयोगीको टेलिफोन ट्यापका कारण गरेको बताईएको छ । पार्टीभित्रका कतिपय नेताहरु निष्कय बन्ने, कतिपय नेता प्रक्राउ पर्ने र पार्टीभित्र चौतर्फी अप्ठयारो परेपछि विप्लव पक्ष सरकारसँग वार्ताका लागि तयारी अवस्थामा बसेकै बेला प्रहरीले उपल्लो स्तरका नेता बाँस्तोलालाई पक्राउ गरेको हो । बाँस्तोलाको पक्राउले विप्लवलाई भने निक्कै गम्भिर धक्का लागेको छ ।
विप्लवको पार्टीले सरकारलाई वार्तामा बोलाउन चाहे वार्तामा आउन तयार रहेको भन्दै गोप्य रुपमा वार्ता टोली नै बनाएको थियो । टोली प्रवक्ता खड्कबहादुर विश्वकर्माको नेतृत्वमा बाँस्तोला र चिन पुन समेत रहेको तीन सदस्यीय थियो । यो वार्ता टोली विप्लवको पार्टीले गत मंसिरमै गठन गरेको थियो ।
‘हामी मन्त्री भईसकेका साथीकै नेतृत्वमा वार्ता टोली बनाउछौं, वार्ताका लागि तयार पनि छौं, तपाईहरुले पनि वार्तामा बोलाउनु पर्यो, सरकारका कुनै मन्त्रीकै नेतृत्वमा वार्ता टोली बनाईदिनु पर्छ’ विप्लवका नेताहरुले ओली निकटका नेताहरुलाई सन्देश पठाउदैं भनिरहेका थिए । यो टोलीले नेकपाका ओली निकट नेता देवराज घिमिरेसँग कुरा अनौपचारिक रुपमा कुरा अगाडी बढाएका थिए ।
आज भोलि नै सरकारका कुनै मन्त्रीसँग अनौपचारिक सम्वादमा बस्ने गरी तयारी पनि भएको थियो । त्यही क्रममा बाँस्तोला पक्राउ परेका हुन् । प्रक्राउ पर्नु अगाडी सम्म बाँस्तोलासँगै प्रकाण्ड र चिन र पुन पनिसँगै थिए । तर बाँस्तोला प्रक्राउ परेसँगै उनीहरु भने प्रहरीको फन्दाबाट उम्किन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाखपछि ओली जान्छन्, अर्को खिलराजको खोजी भइसकेको छ : पुन
प्रतिनिधिसभा विघटन मुद्दा : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
संवैधानिक इजलासमा पुण्यप्रसाद खतिवडाले राखे माग : ‘निर्वाचनमा जानु नै उपयुक्त’ भन्दै दायर गरेको रिटमा छलफल हुनुपर्छ
सर्वोच्च अदालतमा ‘नेकपा’ नाम विरुद्धको रिटको सुनुवाइ आजपनि स्थगित
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि निरन्तर
प्रचण्ड र माधव नेपालले सर्वसधारणलाई गरे यस्तो अपिल...