विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

सफल खबर संवाददाता

बुधबार, २९ पुस २०७७, १४ : ३२
विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

काठमाडौँ । विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ।

मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा  देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए । 

केशब दाहालको संयोजकत्वमा गठन भएको उक्त समितिमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेका छन्।

राजनीतिक संवाद समितिका संयोजक दाहालले समितिले आफ्नो तर्फबाट लिने अग्रसरताको अलावा विवेकशील साझा पार्टीसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरूलाई समितिसँग सम्पर्क गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस